रामेछापमा ९२ मतदान स्थल,२२३ मतदान केन्द्र कायम, कुन स्थानीय तहमा कति ?



१४ चैत, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले रामेछाप जिल्लामा मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापको सिफारिसमा निर्वाचन आयोगले रामेछापमा ९२ मतदान स्थल र २२३ मतदान केन्द्रको टुंगो लगाएको हो । १ लाख ७८ हजार ८६७ मतदाता रहेको रामेछापको आठ स्थानीय तहमा मतदाताको संख्याको आधारमा मतदान स्थल र केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहका अनुसार ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा ११ मतदान स्थल र २२ मतदान केन्द्र तोकिएको छ । त्यसैगरी ९ वटा वडा रहेको खाँडादेवी गाउँपालिका १२ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी ७ वटा वडा रहेको लिखतामाकोसी गाउँपालिकामा १० मतदान स्थल र २६ मतदान केन्द्र, ७ वटा वडा रहेको दोरम्बा शैलुङ गाउँपालिकामा ११ वटा मतदान स्थल र २७ मतदान केन्द्र निर्धाणर गरेको आयोगले ७ वटा वडा रहेको गोकुलगंगा गाउँपालिका भने ६ मतदान स्थल र २० मतदान केन्द्र तोकेको छ ।
त्यसैगरी १४ वटा वडा रहेको मन्थली नगरपालिकामा १९ मतदान स्थल र ४७ मतदान केन्द्र निर्धाण गरेको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा १४ मतदान स्थल र ३१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्