रामेछापको आठ वटै स्थानीय तहमा चुनाव जित्छौः ढुंगेल



१४ चैत, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले आगामी स्थानीय तहको निर्वाचनमा रामेछापको आठ वटै स्थानीय तह जित्ने दावी गरेका छन् । उनले एमालेप्रति जनलहर आएको र विगतको भन्दा पार्टीको बलियो उपस्थिति रहेकाले जित्ने आधार खडा गरेको बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै ढुंगेलले भने,‘अधिकाशं वडामा चुनाव जित्ने जनमत बनेको छ, विगतको स्थानीय तहको निर्वाचनमा पराजित भएपनि यस पटक जित्छौं ।’
उनले जिल्लाको ६४ वटै वडाको टोलटोलमा पुगेर जनताको चाहना बुझने काम एक चरण सम्पन्न भएको बताउदै अब पुनः जनताको घरदैलोमा जाने कार्यक्रमलाई निरन्तरता दिने बताए ।एमालेले जितेको जिल्लाको स्थानीय तहमा राम्रो काम भएको बताउदै आगामी निर्वाचनमा सबै स्थानीय तहमा विजयी हासिल गरेर रामेछाप जिल्लालाई समृद्ध बनाउने बताए ।

बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ढुंगेलले आफू मन्त्री हुँदा जिल्लाको विकासको लागि निकै सुधारको काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्