गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने उपाध्यक्ष दाहालको घोषणा



१५ चैत, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालले आगामी स्थानीय तहको निर्वाचनमा अध्यक्षको पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएकी छिन् । उनले एक कार्यकाल उपाध्यक्ष भएर काम गरिसकेको बताउदै आगामी चुनावमा स्वभाविक रुपमा अध्यक्षको दावदार रहेको बताएकी हुन् ।

उनले रामेछाप न्युजसँग भनिन,‘पार्टीले निर्णय गर्न बाँकी नै छ, तर उपाध्यक्ष भएर काम गरिसकेको अनुभवको आधारमा अब अध्यक्ष पदमा उम्मेदवारी दिने सोच बनाएको छु ।’

प्रतिक्रिया दिनुहोस्