म्यादी बन्ने सपना लिएर मन्थली आएका विश्वकर्माको निधन, गाउँ नै शोकमा डुब्यो



१९ चैत, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आएका एक युवकको तामाकोसी नदीले बगाएर निधन भएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बाका १९ बर्षिय ईशान विश्वकर्माको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा निधन भएको हो । सदरमुकाम मन्थलीस्थित हाटेचौर नजिकै तामाकोसी नदीमा साथीहरुसँग पौडी खेल्ने क्रममा विश्वकर्माको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शुक्रवार बिहान ११ बजेबाट वेपत्ता भएका उनको दिउसो दुई बजे प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको थियो । प्रहरीले विश्वकर्माको शव आफन्तलाई बुझाएको बताएको छ ।
म्यादी प्रहीका लागि आवेदन दिएका विश्वकर्मा परीक्षा दिन मन्थलीमा आएका थिए । घरबाट म्यादी प्रहरी बन्ने सपनासहित मन्थली आएका विश्वर्माको निधनले सिंगो दोरम्बा गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्