मन्थली नगरपालिकामा एकीकृत समाजवादीको दावी



२० चैत, रामेछाप ।
स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको समझदारीसँगै रामेछापको मन्थली नगरपालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्ने भएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख रमेश कुमार वस्नेत एकीकृत समाजवादीमा प्रवेश गरेसँगै आगामी स्थानीय तहको चुनावमा दावी गरेको हो ।

एकीकृत समाजवादी रामेछापका अध्यक्ष एवं मन्थली नगरपालिकाका नगरप्रमुख रमेक कुमार वस्नेतले मन्थली नगरपालिकामा आफूहरुकाे स्वभाविक रुपमा दावी रहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘गत निर्वाचनमा जहाँ जुन दलले जितका छन, त्यहाँ स्वभाविक रुपमा दावी रहन्छ, मन्थली नगरपालिकाको प्रमुखमा हाम्रो दलको दावी छ ।’

जिल्लाको स्थानीय तहमाकाे निर्वाचनमा माओवादी र कांग्रेसलाई जित्नका लागि समाजवादीको मत निर्णायक हुने बताउदै सत्ता गठबन्धनबीच निर्माण हुने समझदारीले चुनावी तालमेलको विषय स्पष्ट हुने बताए । मन्थली नगरपालिकामा कांग्रेसले पनि नगर प्रमुखमा दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्