रामेछापमा माओवादीसँग चुनावी तालमेल नगर्ने उपसभापति कार्कीको घोषणा



२० चैत, रामेछाप ।
सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने समझदारी बनेपनि रामेछापमा भने सत्ता गठबन्धनको बैठक नबस्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । रामेछाप न्युजमा रामेछापमा सत्ता गठबन्धनको तयार भन्ने विषयमा समाचार प्रकाशित भएसँगै कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले जिल्लामा माओवादीसँग चुनावी तालमेल नहुने घोषणा गरेका छन् ।

उनले माओवादीले रामेछापमा कांग्रेसँग भएको सम्झोता उल्लघन गरेको बताउदै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेस माओवादीसँगको गठबन्धन स्वीकार नगर्ने बताएका छन् । उनले आफ्नो फेसबुक पेचमा लेखेका छन्,मन्थली माविको विव्यसको चुनावमा भएको गठबन्धनमा ठूलो धोका पाएका छौ, माओवादीका नक्कली कुरामा विश्वास गर्ने अवस्था छैन, आँट भए एक्लै लडोस ।’

प्रतिक्रिया दिनुहोस्