रामेछापमा चुनावी गठबन्धन हुन्छ, हुँदैन भन्नु गलत होः सभापति तामाङ



२२ चैत, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा चुनावी गठबन्धन गरेर जाने बताएका छन् ।उनले आज पार्टीको पदाधिकारी बैठक बसेर गठबन्धनको लागि गृहकार्य अघि बढाइने बताएका हुन् ।

पार्टीभित्र चुनावी तालमेल गर्न नहुने भन्ने विषयमा आवाज उठिरहेको बेला रामेछाप न्युजसँग कुराकानी गर्दै सभापति तामाङले सत्ता गठबन्धनको विरुद्धमा जान नसकिने बताए । उनले भने,‘केन्द्रको निर्देशन रामेछापमा पूर्ण रुपमा पालना हुन्छ, आठ वटै स्थानीय तहमा तालमेल गरेर चुनाव लडछौ ।’

उनले पार्टीको अवस्थाको बारेमा आफू जानकार रहेको बताउदै गठबन्धन बनाएर जिल्लामा पार्टीलाई बलियो बनाउने बताए । चुनावी गठबन्धनको लागि यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले कार्यदल गठन गरिसकेका छन् । कांग्रेसले गठबन्धनको विषयमा आधिकारिक निर्णय गरेपछि तीन दलबीच औपचारिक रुपमा गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्