रामेछापमा ९२६ जनाले निकाले म्यादी प्रहरीमा नाम, को–को पास भए ? (नामसहित)



२२ चैत, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले आगामी स्थानीय तहको सुरक्षाको लागि ९२६ जनालाई म्यादी प्रहरीमा छनोट गरेको छ । रामेछापमा म्यादी प्रहरीका लागि अावेदन दिएका  १ हजार ६७५ जना मध्ये प्रहरीले ९२६ जनालाइ छनोट गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापमा दरखास्त दिई विभिन्न मितिमा संचालित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तरवार्तामा सहभागी उम्मेदवारहरूको प्राप्ताङ्कको आधारमा योग्यताक्रमानुसार ९२६ जना उत्तीर्ण भएका र १७३ जना वैकल्पिक उम्मेदवारहरूको सूची प्रकाशन गरिएको जानकारी गराएको छ ।

प्रहरीले उत्तीर्ण उम्मेदवारको सूचीमा रहेकाहरूमध्ये कोही नियुक्ति पत्र बुझ्न नआएमा वा हालको लागि तोकिएको संख्या भन्दा बढी संख्यामा म्यादी प्रहरी नियुक्त गर्नुपरेमा वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई वरियताक्रम अनुसार बोलाई नियमानुसार नियुक्ति प्रदान गरिने बताएको छ ।
म्यादीमा छनोट हुनेमा महिला भन्दा पुरुषको संख्या दोब्बर रहेको छ । ६८३ जना पुरुष छनोट हुँदा २४३ जना मात्र महिला छनोट भएका छन् ।

यी हुन पास हुनेकाे नाम

प्रतिक्रिया दिनुहोस्