सुनापति गाउँपालिकामा अध्यक्षका दावेदार तामाङ माओवादी छोडेर एमालेतिर



चैत २४, काठमाडौं ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सदस्य ईकल तामाङ पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै माओवादीबाट सुनापति गाउँपालिको अध्यक्षको दावेदार रहेका तामाङ एमाले प्रवेश गरेका हुन् । उनले लामो समय पार्टीको लागि व्यतित गरेको बताउदै पार्टी परित्याग गर्नु पर्दा साह्रै पीडामा रहेको बताएका छन् ।

पछिल्लो समय पार्टीमा आएको बिचलन, विचार र व्यवहारमा देखिएको ठूलो भिन्नता लगायतको सन्दर्भमा गरेको द्वैध चरित्रको कारण आफूले पार्टी परित्याग गर्न निर्णय लिएको बताउदै तामाङले पार्टीमा व्यक्तिवाद, परिवारवाद ,अवसरबाद,चाकडीवाद हावी भएको बताएका छन् । रामेछाप पार्टीका केही नेताहरुको बेला बेलामा हुने जुँगाको लडार्इ र त्यसमा कार्यकर्ताहरु पिल्सिएको उल्लेख गर्दै कम्युनिष्ट पार्टीहरुको एकता र बृहत कम्युनिष्ट पार्टी निर्माणमा जोड दिएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तामाङलाई पार्टी प्रवेश गराएकी हुन् । सुनापति गाउँपालिका–५ खनियापानी स्थित भिरकोट निवास तामाङ रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिका पूर्व अध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्