रामेछापमा कांग्रेसको शर्तले गठबन्धनको बैठक प्रभावित, माओवादीले शर्त नमाने गठबन्धन नगर्ने कांग्रेसको चेतावनी



२५ चैत, रामेछाप ।
केन्द्रको निर्देशन अनुसार रामेछापमा सत्ता गठबन्धनको बैठक बस्नु पर्ने भएपनि नेपाली कांग्रेस रामेछापको एक सुत्रिय शर्तको कारण बैठक नै प्रभावित बन्न पुगेको छ । मन्थली माविको विद्यालय व्यवस्थान समितिको अध्यक्ष चयनमा माओवादीले लिखित सहमति उल्लंघन गरेको भन्दै कांग्रेसले उक्त सहमति कार्यान्वयन हुनु पर्ने माग अघि सारेको छ । कांग्रेसले मन्थली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजिनामा दिएर पूर्व सहमति अनुसार कांग्रेसले पाएपछि मात्र गठबन्धनका लागि विश्वासको वातावारण खडा हुने बताएको छ ।

कांग्रेसरामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले पूर्व सहमति माओवादीले कर्यान्वयन गरेपछि मात्र गठबन्धनको बैठक बस्ने रामेछाप न्युजलाई बताए । उनले माओवादीले सहमति तोडेकाले विश्वासको वातावरण सृजना गर्नको लागि भएपनि माओवादीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाएका व्यक्तिले राजिनामा दिनुपर्ने बताए ।

गठबन्धनको अनौपचारिक रुपमा संवाद भएपनि औपचारिक रुपमा बैठक बस्न सकिरहेको छैन् । माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले साना कुरामा अल्झिन नहुने बताउदै गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा ध्यान दिनु पर्ने बताए । उनले भने,विद्यालय व्यवस्थापन समितिमा कांग्रेस र माओवादीकोबीचमा सहमति भएको हो, लामो समयसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाली राख्न नहुने भएकाले पार्टीले निर्णय लिएको हो ।
ामेछापमा कांग्रेसको शर्तले गठबन्धनको बैठक प्रभावित, माओवादीले शर्त नमाने गठबन्धन नगर्ने कांग्र्रेसको चेतावनी
२५ चैत, रामेछाप ।
केन्द्रको निर्देशन अनुसार रामेछापमा सत्ता गठबन्धनको बैठक बस्नु पर्ने भएपनि नेपाली कांग्रेस रामेछापको एक सुत्रिय शर्तको कारण बैठक नै प्रभावित बन्न पुगेको छ । मन्थली माविको विद्यालय व्यवस्थान समितिको अध्यक्ष चयनमा माओवादीले लिखित सहमति उल्लंघन गरेको भन्दै कांग्रेसले उक्त सहमति कार्यान्वयन हुनु पर्ने माग अघि सारेको छ । कांग्रेसले मन्थली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजिनामा दिएर पूर्व सहमति अनुसार कांग्रेसले पाएपछि मात्र गठबन्धनका लागि विश्वासको वातावारण खडा हुने बताएको छ । कांग्र्रेस रामेछापका सभापति पूर्णबहादुर तामाड कान्छारामले पूर्व सहमति माओवादीले कर्यान्वयन गरेपछि मात्र गठबन्धनको बैठक बस्ने रामेछाप न्युजलाई बताए । उनले माओवादीले सहमति तोडेकाले विश्वासको वातावरण सृजना गर्नको लागि भएपनि माओवादीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाएका व्यक्तिले राजिनामा दिनुपर्ने बताए ।
गठबन्धनको अनौपचारिक रुपमा संवाद भएपनि औपचारिक रुपमा बैठक बस्न सकिरहेको छैन् । माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले साना कुरामा अल्झिन नहुने बताउदै गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा ध्यान दिनु पर्ने बताए । उनले भने,विद्यालय व्यवस्थापन समितिमा कांग्रेस र माओवादीकोबीचमा सहमति भएको हो, लामो समयसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खाली राख्न नहुने भएकाले पार्टीले निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्