दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीबाट १५ जनाको दावी (नामसहित)



२७ चैत, रामेछाप ।
रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् । माओवादी दोरम्बा गाउँ कमिटीको बैठकमा आगामी निर्वाचनका लागि १५ जनाले अध्यक्षमा दावी गरेका हुन् ।
अध्यक्षमा वर्तमान गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ, उपाध्यक्ष कृशला घिसिङसहित १५ जनाले अध्यक्षमा दावी गरेका छन् ।
त्यसैगरी अध्यक्ष्को लागि गर्नेहरुमा माअ‍ोवादी केन्द्र रामेछापका जिल्ला संयोजक मैन कुमार मोक्तान, कुमारी गौतम, यसु चौलागाई, हिरा बहादुर श्रेष्ठ, तिलक थापा मगर, अम्बिका प्रसाद गजुरेल, रेम बहादुर थापा मगर, चन्द्र बहादुर मगर नेत्र मोक्तान धनदेवी श्रेष्ठ, फिरोज श्रेष्ठ, कर्म सिंह तामाङ, चित्तलाल श्रेष्ठ रहेको छन् ।माओवादी दोरम्बा शैलुङ गाउँ कमिटीका अध्यक्ष हिरा श्रेष्ठले उपाध्य पदका लागि विर्खा बहादुर रजान मगर ‘उदय’, रिता महते र भीम बहादुर थापा मगरले दाबी गरेका छन् ।

दावी गरेकाहरुबीच सहमति जुटन नसके माथिल्लो कमिटीमा नाम सिफारिस गरिनेछ । २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रले नेतृत्व बहुमतसहित विजयी भएको थियो । गाउँपालिकामा कमान सिंह तामाङले ४ हजार २४१ मत ल्याउँदा कृशला फिसिङले ४ हजार ३८९ मत ल्याइ विजयी भएका थिए । सात वटा वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले ५ र एमालेले २ वटा वडामा जित हासिल गरेको थियो । माओवादीले अहिले पनि गाउँपालिकामा एक्लै जित्न सकिने दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्