रामेछापको सुनापति गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने (विज्ञप्तिसहित)



२७ चैत, रामेछाप ।
रामेछापमा माओवादी केन्द्र र कांग्रेसको विवादको कारण सत्ता गठबन्धनको बैठक बस्न नसिकरहेको बेला सुनापति गाउँपालिकामा भने कांग्रेसले गठबन्धन नगर्ने घोषणा गरेको छ । सुनापति गाउँपालिकामा गत निर्वाचनमा दोस्रो दल बनेको कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा एक्लै जित्न सकिने दावी गरेको हो ।
सुनापति गाउँपालिका कार्यसमितिका सभापति जनक खड्काले पार्टी केन्द्रलाई गाउँपालिकाको अवस्थाको बारेमा जानकारी गराउदै कांग्रेसीहरु सुनापति गाउँपालिकामा गठबन्धन गर्ने विषयमा सहमति नरहेको जनाएका छन् । उनले जारी गरेको विज्ञप्तीमा गठबन्धन भएको अवस्थामा जनताले कांग्रेसलाई भोट नदिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्