रामेछापमा पौडी खेल्ने क्रममा १९ बर्षिय खत्रीको मृत्यु



२७ चैत, रामेछाप ।
पौडी खेल्ने क्रममा रामेछापमा १९ बर्षिय सुदिप खत्रीको मृत्यु भएको छ । मन्थली नगरपालिका–४ सालु गौराथोकका खत्रीको आज दिउसो गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
बाख्रा चराउन जाने क्रममा गर्मी भएपछि पौडी खेल्न गएका खत्रीको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रनजोर खोलामा पौडी खेल्ने क्रममा खत्रीको डुबेर मृत्यु भएको जानकारी दिए । खत्री सेतीदेवी माविमा कक्षा ११ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्