रामेछापमा ससम्मान चुनावी तालमेल गरेर जान्छौः इन्चार्ज श्रेष्ठ



२८ चैत, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज एवं रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले सत्ता गठबन्धनबीच ससम्मान चुनावी तालमेल गरेर जाने बताएका छन् । उनले जिल्लाको समग्र वस्तुस्थितिमाथि छलफल गरेर गठबन्धनमा दलहरुबीच सम्मान चुनावी तालमेल हुने बताएका हुन् ।
रामेछाप न्युजसँग कुराकानी गर्दै उनले भने,‘जिल्लाको अवस्थामा सुरुमा गठबन्धनभित्र छलफल हुनेछ, परिस्थितिको विश्लेषण गरेर सिट बाँडफाँड गरेर चुनावमा जान्छौं ।’चुनावी गठबन्धन निर्माण गरेर जादा सत्ता गठबन्धनका सबै पार्टीको पक्षमा हुने भएकाले लोकतन्त्रको रक्षाको लागि पनि गठबन्धन आवश्यक भएको उनले बताए ।

गत निर्वाचनमा माओवादीले रामेछापको दुई स्थानीय तहसहित २३ वटा जितेको थियो भने, कांग्रेसले एक स्थानीय तहसहित १३ वटा वडामा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्