रामेछापकाे आठ वटै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय (विज्ञप्तिसहित)



२९ चैत, रामेछाप ।
रामेछापमा नेपाली कांग्रेस लचिलो बनेसँगै स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति जुटेको छ । आज रामेछापमा सत्ता गठबन्धनको पहिलो बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो । पाँच दलिय गठबन्धनबीच जिल्लाको आठ वटै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको माओवादी रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले जानकारी दिए ।

सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठ, जिल्ला संयोजक मैन कुमार मोक्तान र जिल्ला सचिव तारानारायण श्रेष्ठ, कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ कान्छाराम, उपसभापति लेख बहादुर कार्की, नेकपा एकीकृत समाजबादी रामेछापका इन्चार्ज देवशक‌र पाैडेल, अध्यक्ष रमेश कुमार बस्नेत र जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य रोज बहादुर मोक्तानसहितको बैठक बसेको हो । बैठकले गठबन्धनको विरुद्ध अभिव्यक्ति नदिने निर्णय गर्दै आठ वटै स्थानीय तहको ६४ वटै वडामा चुनावी तालमेल गर्ने नीति लिएको छ ।

बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै चार दलले गठबन्धनलई निरन्तरता दिँदै निर्वाचनमा तालमेल गर्ने रणनिती बमोजिम गठबन्धनमा भएका दलले एक अर्कालाई प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिने र त्यस्ता कुनै पनि गतिविधि नगर्ने र नगराउने निर्णय गरेको छ । जिल्लामा तालमेल गर्ने निर्णय भएसँगै ८ स्थानीय तहमा कसरी जाने भन्ने विषयमा अब नियमित बैठक र छलफल हुने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्