रामेछापको मन्थली नगरपालिका एकीकृत समाजवादीले पाउने, नगरप्रमुखमा वस्नेतको दावी



२९ चैत, रामेछाप ।
सत्ता गठबन्धनको निर्णय अनुसार रामेछाप नगरपालिकाको नगरप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । गठबन्धनले एमालेबाट फुटेर बनेको प्रमुख शक्तिको रुपमा लिने निर्णय गर्दै गठबन्धनले २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा एकीकृत समाजवादीका उम्मेदवारलाई मान्ने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका रमेश कुमार वस्नेत अहिले एकीकृत समाजवादीको जिल्ला अध्यक्ष रहेका छन् । एकीकृत समाजवादीले मन्थली नगरपालिकामा दावी गर्दै आएको छ । आज बसेको सत्ता गठबन्धनले आठ वटै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।

मन्थली नगरपालिकाको नगर प्रमुखमा वर्तमान नगरप्रमुख रमेश कुमार वस्नेतले दावी गर्दै आएको छ । गठबन्धनबीच सहमति बनेको अवस्थामा एकीकृत समाजवादीले पनि मन्थली नगरपालिकाको प्रमुखमा वस्नेतलाई नै अघि सार्ने बताइएको छ । अन्य स्थानीय तहमा भन्दा एकीकृत समाजवादीले मन्थली नगरपालिकामै ध्यान केन्द्रीत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्