रामेछापमा स्थानीय तहको निर्वाचन जित्ने यस्ताे छ एमालेकाे निर्णय, (पूर्णपाठसहित)



३० चैत, रामेछाप ।
नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेताहरुलाई जिम्मेवारी दिएको छ । एमालेले जिल्लामा निर्वाचनको तयारी र परिचालनको लागि विभिन्न कमिटीहरु गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको जिल्ला कमिटीको बैठकले जिल्लआनन्दकुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । उक्त कमिटीमा जिल्ला कमिटीका सबै सदस्यहरू, जिल्ला सल्लाहकार परिषद्का सबै सदस्यहरू, पालिका कमिटीका अध्यक्षहरू, जिल्लाका जनवर्गिय संगठनका अध्यक्ष तथा संयोजकहरू सदस्य रहेका छन् । बैठकले सचिव पुरुषोत्तम कडरियाको संयोजकत्वमा प्रतिबद्धता मस्यौदा कमिटी गठन गर्ने निर्णय गरेको बताउदै एमाले रामेछापका उप–सचिव एवं पं्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए ।
बैठकले उपसचिव प्रकाशकुमार कार्कीको संयोजकत्वमा निर्वाचन प्रसारप्रसार कमिटी गठन गरिएको छ । बैठकले वैशाख ३ गतेसम्म सर्वसम्मत निर्णयबाट उम्मेदवार तय गर्न वडा पार्टी कमिटीलाई पुनः निर्देशन दिने निर्णय गरेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्