रामेछाप कांग्रेस बैठकः माओवादीसँग चुनावी तालमेल गर्दा समाजवादीका चिन्ता



३ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले आगामी स्थानीय तहमा चुनावी तालमेल गर्नको लागि आफ्नो पार्टीभित्र सुझाव संकलन गरिरहेको छ । शुक्रवारबाट जिल्ला कार्यसमितिको बोलाएको चुनावी छलफल कार्यक्रममा केन्द्रीय नेता कुन्दनराज काफ्ले लगायतका नेताहरुको सहभागी छन् ।

जिल्ला कार्यसमिति, प्रदेश कार्य समिति, पूर्व पदाधिकारीहरु एवं पूर्व महाधिवेशन प्रतिनिधिहरु, वर्तमान महाधिवेशन प्रतिनिधिहरु, आठ वटै स्थानीय तहका पदाधिकारी र ६४ वटै वडाका इकाई सभापति सहित छलफलमा साढे तीन सय भन्दा बढी सहभागी रहेका छन् । छलफलमा पाँच वटा स्थानीय तहको पदाधिकारी र वडा इकाई सभापतिहरुले धारणा राखिसकेका छन भने तीन वटा स्थानीय तहको आज रिपोर्टिङ हुनेछ ।

स्थानीय तहका पदाधिकारी र वडा इकाई सभापतिहरुले मिश्रित धारणा राखेका छन् । केन्द्रको निर्देशन अनुसार चुनावी तालमेल गर्ने हो माओवादीसँग गर्न सकिए पनि एकीकृत समाजवादीको सांगठानिक अवस्था निकै कमजोर रहेकाले समाजवादीसँग चुनावी तालमेल गर्न नसकिने सुझाव दिएका छन् । केन्द्रको निर्देशन अनुसार गठबन्धनबीच चुनावी तालमेल भएको अवस्थामा मन्थली नगरपालिका कांग्रेस र माओवादी केन्द्रले एकीकृत समाजवादीलाई छोडनु पर्ने हुन्छ । कांग्रेसले एकीकृत समाजवादीलाई नगर प्रमुख छोडन नसकिने अडान लिदै आएको छ ।

कांग्रेस रामेछापका सचिव दीपक खड्काले स्थानीय तह र वडाबाट मिश्रित प्रतिक्रिया आएको बताउदै सबैको चाहना र भावना अनुसार पार्टीले चुनावी तालमेलको बारेमा निर्णय गरेर अघि बढने रामेछाप न्युजलाई बताए । उनले भने,‘रामेछापमा माओवादीसँग चुनावी तालमेल सहज भए पनि एकीकृत समाजवादीसँगको तालमेलमा सहज नभएको धारणा आएको छ ।’
आज चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसले आधिकारिक निर्णय गरेर अघि बढने भएको छ । कांग्रेसको बैठक लम्बिदा रामेछापमा सत्ता गठबन्धनको बैठक बस्न सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्