रामेछापमा सत्ता गठबन्धनको बैठक भाँडियो



४ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच स्थानीय तहमा चुनावी तालेमेल गर्न बसेको बैठक भाडिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले सिट बाँडफाँडमा आ–आफ्नो दावी राखेपछि बैठक नै भाडिएको छ । शनिवार साँझ माओवादी र कांग्रेसका नेताहरुको बीचमा तालमेलको विषयमा छलफल भएको थियो । उक्त छलफलमा माओवादीले सुनापति, दोरम्बा खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा आफूहरुले प्रमुख पाउने पर्ने माग अघि सारेको थियो ।

माओवादीको प्रस्तावमा कांग्रेसले चार वटा स्थानीय तहमा आफले पाउनु पर्ने र सुनापति दोरम्बा र अन्य कुनै थप एक स्थानीय तह लिन आग्रह गरेको थियो । कांग्रेसले आफूले चार, माओवादीले तीन र समाजवादीलाई एक स्थानीय तहको प्रमुख दिएर चुनावी तालमेल गर्न प्रस्ताव गरेको थियो । कांग्रेस र माओवादीले आ–आफ्नो अडान लिएपछि गठबन्धनको बैठक प्रभावित बन्न पुगेको छ । आज बिहान कांग्रेस र एकीकृत समाजवादीका नेताहरुबीच चुनावी गठबन्धनको विषयमा छलफल भएको थियो ।

तर कुनै सहमति जुटन सकेन । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश कुमार वस्नेतले सत्ता गठबन्धन हुने स्म्भावना निकै कम हुँदै गएको बताए । उनले भने,‘तत्कालको लागि सत्ता गठबन्धनमा सहमति हुने वातावरण देखिएको छैन, तीन वटै दल मिलेर जानु पर्छ भन्ने हाम्रो मान्यता छ ।’
सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु अझै पनि चुनावी तालमेल गर्नको लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । कांग्रेस सकेसम्म एक्लै लडेर चुनावी जित्ने दाउमा रहेको छ । माओवादी र एकीकृत समाजवादी चुनावी तालेमल गरेर जानु पर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्