रामेछापमा दुई दिनभित्र उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन



४ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको जिल्ला कार्य समितिको बैठकले अबको दुई दिनभित्र आठ वटै स्थानीय तह र ६४ वटै वडाको उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको छ । बैठकले उम्मेवारको बारेमा दुई दिनभित्र सिफारिस गर्न स्थानीय तह र वडा इकाई सभापतिहरुलाई निर्देशन दिएको हो ।
कांग्रेस रामेछापका सचिव दिपक खडकाले स्थानीय तहमा आफ्नो तहमा छलफल गरेर दुई दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार वडा र स्थानीय तहबाट सिफारिस भएर आएका नामको आधारमा पार्टीले उम्मेदवार छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्