रामेछापको आठ स्थानीय तहमा कांग्रेसबाट यी हुन सम्भावित उम्मेदवार, कहाँ कसको चर्चा ? (नामसहित)



४ वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा रामेछापमा पनि कांग्रेसबाट उम्मेदवार बन्नेहरुको चर्चा सुरु भएको छ । जिल्ला कार्यसमितिको बैठकले अबको दुई दिनभित्र स्थानीय तह र ६४ वटै वडाबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै सम्भावित उम्मेदवारको चर्चा सुरु भएको हो । नेपाली कांग्रेस रामेछापका एक पदाधिकारीका अनुसार सम्भावित उम्मेदवारको बारेमा पार्टीभित्र आन्तरिक गृहकार्य सुरु भएको छ । स्थानीय तह र वडाबाट उम्मेदवार सिफारिस भएपछि पार्टीले छलफल गरेर उम्मेदवार टुंगो लगाउने भएको छ ।
कांग्रेस रामेछापका एक नेताले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार आठ वटै स्थानीय तहमा उठने सम्भावित नामको बारेमा छलफल समेत सुरु भएको छ ।सुनापति गाउँपालिमा कांग्रेसबाट जितेन्द्र मोक्ता, सुरेन्द्र घिसिङ, दिपेन्द्र खडकाको चर्चा रहेको छ । जितेन्द्र मोक्तान गत स्थानीय तहको निर्वाचनमा पनि सुनापति गाउँपालिकाको अध्यक्षमा उम्मेदवार रहेका थिए ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाबाट नवराज थोकर, झनक श्रेष्ठ, राजनारायण श्रेष्ठ, धु्रव लामा र नारायण कार्कीको सम्भावना रहेका कांग्रेसका एक नेताले रामेछाप न्युजलाई बताए ।मन्थली नगरपालिकामा युवराज भट्टराई, विनोद कार्की, महेश कार्की, चन्द वाइवा मध्येबाट एक जना नगरपालिका प्रमुखको उम्मेदवार बन्ने स्रोतको दावी छ ।

रामेछाप नगरपालिकामा निर्वतमान सभापति लवश्री न्यौपाने, उपसभापति लेखबहादुर कार्की, रत्नबहादुर कार्की,वर्तमान रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगर, उपप्रमुख सृजना खडका, टुपेन्द्र लामा, कमल विक्रम कार्की लगायतका नेताहरुको चर्चा रहेको छ ।
लिुख तामाकोसी गाउँपालिकामा भोजबहादुर खडका (सुन्दर), केशव महत, जीवन कार्की, सुवासचन्द्र महत र कृष्णबहादुर महत मध्ये एक जना गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसबाट  काजी बहादुर खड्का (दिनेश )ऽ नानीबाबु वस्नेत, दीपक खडका, तेज बहादुर कार्की, मणिकुमार तामाङ लगायतको चर्चा सुरु भएको छ ।उमाकुण्ड गाउँपालिकामा हिक्कमत सुनुवार, झपडराज भण्डारी, आङदेण्डी शेर्पा, भिमसेन वस्नेत,  पेम्बा शेर्पा, उर्मिला वस्नेत लगायतको नाम चर्चामा रहेको छ ।दोरम्बा शैलुङ गाउँपालिकामा भने गाउँपालिकाको अध्यक्षको उम्मेदवार सिफारिस गर्ने विषयमा आन्तरिक गृहकार्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्