रामेछाप नगरपालिकाको प्रमुखमा कांग्रेसबाट पाँच जनाको नाम सिफारिस (नामसहित)



५ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकाको प्रमुखको लागि कांग्रेसबाट पाँच जनाको नाम सिफारिस भएको छ । आज बसेको रामेछाप नगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो ।

बैठकले निवर्तमान जिल्ला सभापति लवश्री न्यौपाने, जिल्ला उपभापति लेखबहादुर कार्की, रामेछाप नगर कार्यसमितिका सभापति कमल विक्रम कार्की, नेता रत्न कार्की र रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काको नाम सिफारिस गरेको हो ।

रामेछाप नगर कार्यसमितिका सभापति कमल विक्रम कार्कीले पाँच जनाको नाम सिफारिस गरेको रामेछाप न्युजलाई बताए । उनका अनुसार वर्तमान रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगरले इच्छा नदेखाएकाले नाम सिफारिस नगरिएको बताए । यसअघि पुनः नगरप्रमुखको दाबेदारको रुपमा हेरिए पनि थापामगरले उम्मेदवारी नदिने मनस्थिति बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्