रामेछापमा माओवादी छोडेर एमालेतिर लागेका तामाङ वडा अध्यक्षमा सर्वसम्मत



६ वैशाख, रामेछाप ।
माओवादी परित्याग गरेर केही समय अघि मात्र नेकपा एमाले प्रवेश गरेका इलक तामाङ सुनापति गाउँपालिका–५ खनियापानीबाट सर्वसम्म रुपमा वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भएका छन् ।

माओवादीसँग विमती राख्दै पार्टी परित्याग गरेर एमालेतिर लागेका तामाङलाई आज सर्वसम्मत रुपमा वडा अध्यक्ष उम्मेदवारको लागि सिफारिस गरिएको हो । गत स्थानीय तहको निर्वाचनमा खनियापानी वडा माओवादी केन्द्रले जितेको थियो । गत स्थानीय तहको चिर्वाचनमा खनियापानी वडामा माओवादीले जित्दा कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्