जनप्रतिनिधिले राजिनामा दिएपछि मात्र उम्मेदवारी दिन पाउने



६ वैशाख, काठमाडौं ।
सर्वोच्च अदालतले जनप्रतिनिले पदबाट राजिनामा दिएपछि मात्र उम्मेदवारी दिने पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको विरुद्ध परेको रिट खारेज भएसँगै अब जनप्रतिनिधिले उम्मेदवार दिन अनिवार्य रुपमा पदबाट राजिनामा दिनु पर्ने भएको हो ।

यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान विरुद्ध उनले आयोगमा रिट दायर गरेका थिए । आचारसंहिताले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको र निर्वाचनमा उम्मेदवारी दिने अधिकार कुण्ठित हुने उनको जिकिर थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्ष–मेयरले उपाध्यक्ष–उपमेयरलाई र उपाध्यक्ष–उपमेयरले अध्यक्ष–मेयरलाई राजीनामा दिनुपर्ने व्यवस्था छ । दुवैजना पदबाट राजीनामा दिएर उम्मेदवारी दिनुपर्ने भएमा कसलाई राजीनामा दिने भन्ने टुंगो नहुने र स्थानीय तह नै रिक्त हुने निवेदनमा दावी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्