रामेछापमा सत्ता गठबन्धन नहुने, भोलीबाट तीन दल आ–आफ्नो बाटो लाग्ने



६ वैशाख, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सिट बाँडफाँडामा आ–आफ्नो दावी नछोडेको कारण गठबन्धन भाँडिएको हो । गठबन्धनको एक पटक औपचारिक बैठक बसेपछि पुनः दोस्रो पटक बैठक नै बस्न सकेन । रामेछापको आठ वटा स्थानीय तह मध्ये माओवादीले पाँच वटामा दावी गर्दै कांग्रेसले ६ वटा स्थानीय तह पाउनु पर्ने अडान राखेको थियो ।

६४ वटा वडा रहेको रामेछापमा कांग्रेसले ३७ र माओवादीले ३३ वटा वडामा दावी गरेको थियो । दुवै दलले अडान नछोडदा सत्ता गठबन्धनबीच सहमति हुने सम्भावना करिब सकिएको माओवादी केन्द्रका एक नेताले रामेछाप न्युजलाइ बताए । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले १३ वटासहित एक स्थानीय तहमा जित हासिल गरेको थियो भने माओवादीले दुई स्थानीय तहसहित २३ वटा वडा जितेको थियो । सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएसँगै भोलीबाट कांग्रेस माओवादी र एकीकृत समाजवादीले आ–आफ्नै ढंगले चुनावी गतिविधि अघि बढाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्