रामेछापमा सत्ता गठबन्धन नहुने कान्छारामको घोषणा



६ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने घोषणा गरेका छन् । उनले माओवादीको अनावश्यक मागको कारण सत्ता गठबन्धन हुन नसकेको बताउदै अब कांग्रेस आफ्नै ढंगले चुनावमा होमिने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै सभापति तामाङले भने,‘रामेछापमा चुनावी गठबन्धन हुँदैन, सत्ता गठबन्धनमा दलहरु आ–आफ्नै ढंगले चुनाव लडछन, कुनै पनि दलसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावी मैदानम होमिन्छ ।’ केही दिनभित्र नै जिल्लाको ८ स्थानीय तह र ६४ वटाकै वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
M9WfIUp, xRoa1cj4vyDv, qWYrGwng8S, Q8Jprj, dmJOo, KWyIr4qi5t0, 1ROTqm1BvBw, Z5betXZEm, 1alIYxnLf1, YVylI6IRWNW