कांग्रेसको घमण्डले रामेछापमा गठबन्धन भाँडियोः सचिव श्रेष्ठ



६ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठले कांग्रेसको अनावश्यक दम्भको कारण रामेछाप जिल्लामा बन्न लागेको गठबन्धन भाँडिएको बताएका छन् । उनले कांग्रेसलाई सम्मानजनक सिट लिएर चुनावी तालमेल गर्नको लागि बारम्बार आग्रह गर्दा पनि अनावश्यक माग राखेर गठबन्धन भाँडेको आरोप लगाए ।

रामेछाप न्युजसँगको कुराकानीमा श्रेष्ठले भने,‘गत निर्वाचनमा १३ वटा र एउटा स्थानीय तिजेको कांग्रेसलाई चार वटा स्थानीयको नेतृत्व लिन गरेको आग्रह अस्वीकार गरेर घमण्ड गर्दा गठबन्धन भाँडिएको हो ।’ गत निर्वाचनमा दुई वटा स्थानीयसहित २३ वटा वडा आफ्नो पार्टीले जितको आधारमो आफूहरुले पाँच वटा स्थानीय तह र ३३ वटा वडामा दावी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्