एमालेले दुई दिनभित्र रामेछापका स्थानीय तहमा उम्मेदवारी टुंगो लगाउँछः कैलाश ढुंगेल



६ वैशाख, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले दुई दिनभित्र स्थानीय तहको उम्मेदवारको टुंगो लगाउने बताएका छन् । उनले ६४ वटा र आठ वटा स्थानीय तहमा दुई दिनभित्र उम्मेदवारको टुंगो लगाएर चुनावी अभियानमा लाग्ने बताएका हुन् ।

रामेछाप न्युजसँग ढुंगेलले भने,‘आधा भन्दा बढी वडामा सर्वसम्मत उम्मेदवार चयन भइसकेका छन, बाँकीमा ठूलो समस्या छैन, आठ वटा स्थानीय तह मध्ये दुई वटामा सर्वसम्मत भइसकेका छ, ६ वटा स्थानीय तहमा पनि विवाद छैन, टुंगो लागि हाल्छ ।’
गत स्थानीय तहको निर्वाचनमा रामेछापमा एमालेले पाँच वटा स्थानीय तहको निर्वाचन जितेको थियो । आगामी स्थानीय तहको निर्वाचनमा एमालेले पैतिस भन्दा बढी वडा र ६ वटा स्थानीय तहमा जित्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्