दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा उपाध्यक्ष घिसिङको दावी



६ वैशाख, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले अध्यक्ष पदको दावी गरेकी छिन् । माओवादी दोरम्बा शैलुङ गाउँ कमिटीको बैठकमा अध्यक्षमा दावी गर्ने एक दर्जन नेता मध्ये उपाध्यक्ष घिसिङले पनि अध्यक्षमा दावी गरेकी हुन् ।

पाँच बर्षको अवधिमा उपाध्यक्ष भएर राम्रो काम गरेको बताउँदै उनले अध्यक्ष पदको लागि स्वभाविक रुपमा दावी रहेको बताइन । उनले भनिन,‘पाँच बर्ष उपाध्यक्ष भएर काम गरे, अब पालिकाको नेतृत्व लिएर गाउँपालिकाको विकास गर्ने चाहना छ ।’ पाँच बर्षको अवधिमा गाउँपालिकामा विकासको आधार खडा भएको बताउदै बाँकी रहेका काम पुरुा गर्नको लागि एक कार्यर्काल अध्यक्ष हुने चाहना रहेको घिसिङले बताइन ।

यस्तो छ अध्यक्ष बन्न उपाध्यक्ष घिसिङले अघि सारेको योजनाः

के युवा महिला अध्यक्ष बन्न नमिल्ने हो ?
म बर्तमान दोरम्बा शैलुङ गाउँ पालिका उपाध्यक्ष कृशला घिसिङ। म गत चुनावमा सर्बाधिक मत प्राप्त गरि निर्बाचित भएको थिए।मेरो बिगत ब्यक्तिगत पाटो यति बेला भन्नू बाँध्य भएको छु। मेरो परिवार पहिल्यै देखि नेकपा माओवादी केन्द्र पार्टी बिचार नजिक साथ सहयोग सङ्गै राजनीतिक सुझबुझ भएर नै मेरो राजनीतिमा प्रवेश भएको थियो।पार्टीभित्र माओवादी आन्दोलन अनुभव योगदान र उमेर हिसाबले टिकाटिप्णी गरेर अयोग्य देखाएकोप्रति खेद दुःख लागिराछ ।

म समाजशास्त्र बिषयमा मास्टर डिग्री पुरा गरि कानुन बिषयमा ब्यचलर अध्ययन गर्दै छु। साथै खेलाडी भएको हिसाबले विभिन्न देशहरुमा भ्रमण गरि आधुनिक बिकासको नमूनाहरु देखेको छु। स्थानीय सरकारमा रहदा कतिपय जस्तो भौतिक पूर्वाधार सडक बिजुली पानी जस्तो अधिकतम पुरा भएको छ।उपाध्यक्ष हुदा पाएको जिम्मेवारी र कर्तव्यलाई गहन रूपले पुरा गरेको छु। अझै धेरै काम गर्नु बाँकी छ अध्यक्ष भएर। म व्यक्तिगत हिसाबले महिला दलित पिछाडिएको वर्ग हकहित जागरण चेतनामूलक सशक्तीकरणको निमित्त अग्रसर भएर गरेको छु।

पालिकाभरी सुशासन अनि शिक्षा क्षेत्रमा सुधार व्यहारिक व्यस्थापन जस्तो सरकारी तवरले गरेको छु। यस अवधिभर चाहेरनी गर्नु नसकेको कतिपय बाँकी काम तितो अनुभव पनि छ। दोरम्बा शैलुङ पालिकालाई केन्द्रिय सरकार तथा प्रदेश सरकारले भने जसरी नहेरी दिएको। भूगोल कठिनाइले बवकास निर्माणकार्य खर्चिलो भएको आफ्नो पालिकाको आन्तरिक आम्दानी शुन्य जस्तो विविध गुनासो छ दै थिए । म त्यसैले अबको निर्वाचनमा अध्यक्ष भएर गर्नु सक्ने कुरामा बवश्वास गरिदिनु हुन समग्र पालिकाभरिको आमा बुबा दाजुभाइ दिदीबहिनी प्रति विनम्र अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्