रामेछापमा सत्ता गठबन्धनको चुनावी तालमेल मन्थली माविमा पुगेर टुंगियो



८ वैशाख, रामेछाप ।
रामेछापमा सत्ता गठबन्धनको चुनावी तालमले मन्थली माविमा पुगेर टुंगिएको छ । कांग्रेस र माओवादीबीच भएको पूर्व सहमति अनुसार माओवादीले कांग्रेसले पाएको मन्थली माविको विद्यालय व्यवस्थापन समितिमा माओवादीको व्यक्ति नियुक्त गरेको भन्दै विवाद हुँदै आएको थियो ।

उक्त विवादलाई कांग्रेसले सिट बाँडफाँडमा प्रमुख मुद्दा बनाएपछि रामेछापमा सत्ता गठबन्धन भाँडिएको छ । बुधवार रातीसम्म अबेरसम्म मन्थलीमा बसेको सत्ता गठबन्धनको बैठकमका कांग्रेसले माओवादीकाबाट मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका व्यक्तिले राजिनामा दिनुपर्ने शर्त अघि सारेको थियो ।

तर माओवादीका नेताहरुले चुनावी गठबन्धनसँग उक्त विषय जोडन नहुने भन्दै राजिनामा नदिने अडान लिएको थियो । त्यसपछि कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छाराम, उपसभापति लेखबहादुर कार्की लगायतका नेताहरुल मन्थली माविको विषयमा पूर्ववत अडान राख्दै गठबन्धन गर्न नसकिने भन्दै उठेका थिए ।

माओवादी रामेछापका जिल्ला संयोजक मैन कुमार मोक्तानले आफूहरुले गठबन्धन गरेर अघि बढन कांग्रेससँग गरेको प्रस्तावलाई वेवास्था गर्दै अघि बढेको बताए । उनले रामेछाप न्युजसँग भने,‘कांग्रेसले गठबन्धन नगर्ने घोषणा गरेर बैठकबाट हिडेपछि हामी पनि थप तयारीमा जुटेका छौं ।’

प्रतिक्रिया दिनुहोस्