मेरो कार्यकालमा डाेजर सञ्चालनमा कुनै अनियमितता भएको छैनः श्रेष्ठ



८ वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले गाउँपालिकाबाट सञ्चालित डोजर सञ्चालनमा कुनै पनि अनियमितता नभएको बताएका छन् । उनले गाउँपालिका मार्फत सञ्चालित डोजरको खर्च विवरण सबै राखिएको बताउदै आफू आएपछि खर्चको विवरण पारदर्शी ढंगले राखिएको बताएका हन् ।

आफूले जिम्मेवारी सम्हालेपछि कृष्ण घिसिङलाई चालकको रुपमा नियुक्ति दिएर डाेजर सुचारु गरिएको बताउदै त्यति बेला २५ सय ४ घण्टा गुडेको तथ्याक राखिएको बताए । श्रेष्ठले हाल २८ सय ४० घण्टा पुगेको बताउदै सुरु घण्टाको अंक र अन्तिम घण्टाको अंक डाेजरमा अहिले पनि प्रष्ट देखिने बताए । उनले विना आधार भ्रम सृजना गर्ने गरी व्यक्तिहरुले लगाएको आरोपमा कुनै पनि सत्यता नरहेको बताउदै सञ्चालनको खर्च वितरण सबै राखिएको बताए ।

श्रेष्ठले भने,‘जन्मभूमिमा केही गर्ने सोच बनाएरै प्रमुख प्रशासकीय अधिकृत भएर आएको हुँ, मेरो कार्यकार्यलमा एक रुपैयाँ पनि अनियमितता हुन दिन्न, अनावश्यक आरोप लगाउन काम बन्द गर्न आग्रह गर्दछु ।’ उनले कुनै विषयमा लेख्नुपूर्व गाउँपालिकासँग सूचना माग गरेको अवस्थामा गाउँपालिकाबाट सम्पादन भएका सबै कामको हिसाब किताब दिन आफू तयार भएको बताए ।

मैले सबै काम पारदर्शी ढंगले अगाडि बढाएको छु, पूर्वाग्रही भएर काम गरेको छैन, गाउँपालिकावासीको सेवा गर्न आएको हुँ, रहदासम्म सकेको राम्रो गर्ने कोशिस गर्छु, उनले भने ।

प्रतिक्रिया दिनुहोस्