रामेछापको आठ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन, को-कहाँ ? (नामसहित)



८ वैशाख, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछापको आठ वटै स्थानीय तहमा आजबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको मन्थलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा आएको छ । जिल्ला मातपोल कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले उदघाटन गरेका छन् ।
मन्थली नगरपालिकामा रामेछापका जिल्ला न्यायाधीश डा. दिवाकर भट्ट, उमाकुण्ड गाउँपालिकामा योगेन्द्र प्रसाद ढुंगेल, गोकुलगंगा गाउँपालिकामा रामप्रसाद पौडेल, लिखु तामाकोसी गाउँपालिकामा तारादेवी महर्जन, खाँडादेवी गाउँपालिकामा वासुदेव लम्साल, दोरम्बा गाउँपालिकामा प्रेमराज पौडेल, रामेछाप नगरपालिकामा गीता गुरुङ निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले जिल्लाको आठ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर आजबाट काम सुरु भएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्