रामेछापको स्थानीय तहको निर्वाचनमा २४ सय सुरक्षाकर्मी परिचालन हुने



९ वैशाख, रामेछाप ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापको आठ वटा स्थानीय तहमा करिब २४ सय सुरक्षकर्मी परिचालन हुने भएको छ । आज रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीको अध्यक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकमा सुरक्षाकर्मी परिचालनको विषयमा छलफल भएको हो ।
स्रोतले रामेछाप न्युजले प्राप्त गरेको विवरण अनुसार अनुसार ९२६ जना म्यादी प्रहरी, साढे ६ सय नेपाल प्रहरी, साढे तीन सय शसस्त्र प्रहरी बल र साढे चार सय नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । रामेछापको ९२ मतदान स्थल र २२३ मतदान केन्द्रमा झण्डै २४ सय सुरक्षाकर्मी परिचालन गरिने लागिएको हो । स्रोतका अनुसार मतदान अधिकृतको कार्यालयको सुरक्षाको जिम्मेवारी शसस्त्र प्रहरी बललाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्