एमालेबाट दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा चौलागाई सर्वसम्मत



९ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापको दोरम्बा शैलुङ गाउँ कमिटीले स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट गाउँपालिकाको अध्यक्षमा टंक चौलागाईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गाउँ कमिटीको बैठकले चौलागाईलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेर एमाले रामेछापका अध्यक्ष आन्नद श्रेष्ठले जानकारी दिए । उनी एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका छन् ।

यसअघि एमालेले सुनापति गाउँपालिकाको अध्यक्ष र रामेछाप नगरपालिकाको नगर प्रमुख पनि सर्वसम्मत चयन गरिसकेको छ । अध्यक्ष श्रेष्ठका अनुसार रामेछापको ६४ मध्ये ४० भन्दा बढी वडामा सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्