स्वतन्त्रबाट पुनः खाँडादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने तामाङको तयारी



९ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले अध्यक्षबाट राजिनामा दिएर पुनः पालिका अध्यक्षको लागि स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी थालेका छन् । एमाले खाँडादेवी गाउँ कमिटीबाट अध्यक्षको लागि पार्टीको प्रदेश कमिटीमा नाम सिफारिस भएपनि टिकट पाउने सम्भावना न्युन बनेसँगै उनले अध्यक्षबाट राजिनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दिने भएका हुन् ।

गत निर्वाचनमा एमालेबाट निर्वाचित भएको तामाङ एमाले विभाजन हुँदा संस्थापन पक्षमा रहेका थिए । स्रोतका अनुसार तामाङले गाउँपालिकाको अध्यक्षबाट राजिनामा दिएर पुनः स्वतन्त्रबाट उम्मेवारी दिने निष्कर्षमा पुगेका छन् ।

यसअघि पार्टीले पुनः पालिकाको अध्यक्ष बनाउने प्रतिबद्धता जनाए पनि पूर्व सहमतिबाट पार्टी नेतृत्वले धोका दिएको निष्कर्ष निकाल्दै तामाङ रुष्ट बनेको स्रोतले रामेछाप न्युजलाई जानकारी दिएको छ । तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएको अवस्थामा एमालेबाट उम्मेदवार बन्नेको लागि जित्न कठिन हुने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्