एमालेबाट मन्थली नगरपालिकाको नगरप्रमुखमा श्रेष्ठ सर्वसम्मत उम्मेदवार



९ वैशाख, रामेछाप ।
नेकपा एमालेले मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ । आज बसेको मन्थली नगर कमिटीको बैठकले श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । मन्थलीबाट आधार दर्जन नेताहरु नगर प्रमुखको आकांक्षी रहेपनि सहमतिबाटै एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ नगर प्रमुखको उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित रमेश कुमार बस्नेत हाल एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्