रामेछापमा सत्ता गठबन्धनका कार्यकर्तामा अन्यौल, भागवण्डा मिलाउन तीन दलको दौडधुप, कुन स्थानीय तहमा कसको दावी ?



१० वैशाख, रामेछाप ।
उम्मेदवारी दर्ताको मिति दुई दिन मात्र बाँकी रहदा समेत रामेछापमा सत्ता गठबन्धनबीच चुनावी तालमेलका लागि सिट बाँडफाँडमा सहमति जुटन सकेको छैन् । नेपाली कांग्रेस र माओवादीको विवादको कारण भाँडिदै पुनः बस्दै आएको गठबन्धनको बैठकमा शुक्रवारबाट सिट बाँडफाँडको विषय प्रवेश गरेको छ ।

मन्थली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पुनः कांग्रेसलाई दिने प्रतिबद्धता माओवादीले जनाएसँगै गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषयले औपचारिकता पाएको छ । तर विशेषगरी कांग्रेस र माओवादीको आ–आफ्नो अडानको कारण अझै सहमतिमा पुग्न सकिरहेको छ । गठबन्धन गर्नको लागि अहिले गठबन्धनका नेताहरु मन्थलीको एक होटलमा अनौपचारिक छलफलमा जुटेको वार्ता टोलीमा सहभागी एक नेताले रामेछाप न्युजलाई बताए ।

शुक्रवार बसेको गठबन्धनको बैठकमा सहमति गरेरै जान नेताहरु सहमत भएका थिए । तर सिट बाँडफाँडमा अझै कुरा मिल्न भने सकिरहेको छैन् । बैठकमा सुनापति, दोरम्बा शैलुङ गाउँपालिका र मन्थली नगरपालिका माओवादी केन्द्रले लिने, रामेछाप नगरपालिका, लिखु तामाकोसी, उमाकुण्ड र गोकुलगंगा गाउँपालिका कांग्रेस लिने र खाँडादेवी गाउँपालिका एकीकृत समाजवादीले लिने प्रस्ताव गरिएको स्रोतले रामेछाप न्युजलाई बतायो ।

स्रोतका अनुसार कांग्रेसले चार, माओवादीले तीन र एकीकृत समाजवादील एक वटा स्थानीय तह लिने प्रस्ताव अघि सारिएको छ । तीन दलबीचको अनौपचारिक वार्ता सफल भए गठबन्धको औपचारिक बैठक बसेर आजै सिट बाँडफाँड हुने तयारी रहेको बताइएको छ ।

सत्ता गठबन्धनबीच औपचारिक रुपमा अगल भएको घोषणा कुनै पनि दलले गरिरहेका छन् । पटक–पटक भाँडिदै पुनः सहमति खोज्न गठबन्धनको बैठक बस्दै आएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेलको टुंगो नलाग्दा कार्यकर्तामा भने अन्योल सृजना भएको छ । एमालेले स्थानीय तहको प्रमुख र वडा अध्यक्षको सवर्ससम्म रुपमा उम्मेदवारी टुंगो लगाइ सक्दा पनि गठबन्धनमा आबद्ध पार्टीभित्र पालिकादेखि वडा अध्यक्षको उम्मेदवारीमा अन्योल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्