खाँडादेवी गाउँपालिकाका अध्यक्ष तामाङ एकीकृत समाजवादीमा प्रवेश



१० वैशाख, रामेछाप ।
नेकपा एमालेबाट निर्वाचित खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेले पुनः पालिकाको अध्यक्षमा टिकट नदिने निश्चित भएसपछि तामाङ पार्टी छोडेर एकीकृत समाजवादीमा लागेका हुन् । उनले हिजो मात्र गाउँपालिकाको अध्यक्षबाट राजिनामा दिएका थिए । आज मन्थलीमा आयोजित एक कार्यक्रमकोबीच एकीकृत समाजवादीका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह इन्चार्ज होम बहादुर बुढाथोकी सहितका नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्