रामेछापमा कांग्रेस एक्लै लडने, माओवादी र एकीकृत समाजवादीबीच तालमेल



१० वैशाख, रामेछाप ।
रामेछाप सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सम्भावना टरेको छ । सत्ता गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा कुरा नमिलेपछि गठबन्धन हुने सम्भावना टरेको हो । शनिवार गठबन्धनमा आबद्ध दलहरुबीच अनौपचारिक छलफल भएपनि कुनै सहमति जुटन सकेन ।

अब प्रदेशले टुंगो लगाउने बाहेक जिल्ला तहबाट चुनावी तालमेल नहुने भएको कांग्रेसका एक नेताले बताए । कांग्रेसले जिल्लाको आठ वटै स्थानीय तह र ६४ वटै वडामा एक्लै चुनाव लडने भएको छ । कांग्रेससँग चुनावी तालेमलको सम्भावना टरेपछि माओवादी र नेकपा एकीकृत समाजवादीबीचको बीचमा चुनावी तालेमलको लागि गृहकार्य अघि बढेको छ । एकीकृत समाजवादीका सह इन्चार्ज होम बुढाथोकीले आफूरुको प्रयास तीन दलबीच नै गठबन्धन गर्ने रहेको र त्यो सम्भव नभए आवश्यकताको आधारमा गठबन्धन गरेर जाने रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्