रामेछापको आठ वटै स्थनीय तहका एमालेले टुंगो लगायो उम्मेदवार, को– कहाँ (नामसहित)



११ वैशाख, रामेछाप ।
नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीबाट तर्फबाट आठ वटै स्थानीय तहको प्रमुख÷उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

एमालेले सर्वसम्मत रुपमा उम्मेदवारी टुंगो लगाएको हो । मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ र ईश्वरी वस्नेत, रामेछाप नगरपालिकाको नगर प्रमुखमा रोशन पाख्रिन र सीता खत्री, सुनापति गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र उपाध्यक्षमा रिता गौतम, दोरम्बा गाउँपालिकाको अध्यक्षमा टंक चौलागाई, खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई सम्मेदवार बनाएको छ । स्रोतका अनुसार दोरम्बा गाउँपालिकाको उपाध्यक्षको भने अझै टुंगा लागिसकेको छैन् ।

एमाले रामेछापका एक पदाधिकारीले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा कमल कडरिया र उपाध्यक्षमा दीपा पाख्रिन, गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा शेरबहादुर सुनुवार र उपाध्यक्षमा गंगा कार्कीलाई उम्मेदवार बनाइएको छ ।

गोकुलगंगा गाउँपालिकामा खड्ग बहादुर सुनुवार र राधिका श्रेष्ठलाई पुनः दोहोर्याएर टिकट दिइएको छ भने उमाकुण्ड गाउँपालिकामा शेर बहादुर सुनुवार पनि अध्यक्षमा पुनः दोहोरिएका छन् । गत निर्वाचनमा रामेछाप नगरपालिकाबाट टिक पाएको रोशन पाख्रिन पनि यस पटक दोहारिएका छन् । अन्य स्थानीय तहमा भने एमालेले नयाँ अनुहारलाई टिकट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्