रामेछापमा कांग्रेस एक्लै चुनाव लड्छः सभापति कान्छाराम



११ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ कान्छारामले रामेछापमा आफ्नो पार्टीले गठबन्धन गरेर चुनाव नलडने बताएका छन् । उनले कांग्रेस एक्लै जित्तको लागि सक्षम भएको बताउदै जिल्लाको ८ वटै स्थानीय तहमा पार्टीले एक्लै चुनावमा सहभागी हुने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै तामाङले भने,‘हामीले कार्यकर्ताको चाहना र भावना अनुसार सत्ता गठबन्धनसँग चुनावी तालमेल नगरी चुनाव लडने निर्णयमा पुगेका छौं, पार्टीको तर्फबाट उम्मेदवार हुनेहरुको नाम पनि टुंगो लगाइसकेका छौ, आज पत्रकार सम्मेलन गरुेर सार्वजनिक गछौं ।’
गत निर्वाचनमा रामेछाप नगरपालिकामा मात्र निर्वाचन जितेको कांग्रेसले अबको निर्वाचनमा छ वटा स्थानीय तह र चालिस भन्दा बढी वडामा जित्ने दावी गरेको छ । रामेछापमा कांग्रेस र माओवादीको विवादको कारण गठबन्धन भाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्