दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीले मोक्तानलाई बनायो उम्मेदवार



११ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मैन कुमार मोक्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दोरम्बा शैलुङ गाउँ कमिटीको बैठकले मोक्तानलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्षको लागि डेढ दर्जन भन्दा बढी नेताहरु आकांक्षी रहे पनि मोक्तानले टिकट पाएका छन् । माओवादी रामेछापका जिल्ला संयोजक समेत रहेका मोक्तान बागमती प्रदेश कमिटीका सदस्य समेत रहेका छन् । टिकटको टुंगो लागएको मोक्तानले बताए । उनका अनुसार उपाध्यक्षको नाम आज बेलुकासम्म टुंगो लाग्ने र भोली उम्मेदवारी दर्ता गरिने कार्यक्रम रहेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
lu6qwrbAT, 5vS0S6Ww1P8vJ, k0R1WUaHKFsw, oJv6v6qBqXpLO1, YRK5Y2cX, 6Xa4IG0fD2XbW, NvCeWjECK, QLC3bs6Aslmz9gd, n8Sgc0Wm