सुनापति गाउँपालिकामा माओवादीबाट तामाङले पाए अध्यक्षको टिकट



११ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्रले सुनापति गाउँपालिकाको अध्यक्षमा ठूलोकान्छा तामाङलाई टिकट दिने निर्णय गरेको छ । सुनापति गाउँ कमिटीको बैठकले तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी सुनापति गाउँ कमिटीको अध्यक्ष समेत रहेका तामाङ सुनापति गाउँपालिका–५ खनियापानीबाट गत निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । झण्डै दर्जन भन्दा बढी अध्यक्षका उम्मेदवारहरुलाई पछि पार्दै तामाङले टिकट पाउन सफल भएका छन् । माओवादीले अध्यक्षको उम्मेदवार टुंगो लगाए पनि उपाध्यक्षको भने अझै टुंगो लगाउन सकिरहेको छैन् ।

प्रतिक्रिया दिनुहोस्