सुनापति गाउँपालिका युवा नेता खड्काले पाए अध्यक्षको टिकट



१२ वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकामा नेपाली कांग्रेसबाट युवा नेता दिपेन्द्र खड्काले अध्यक्षको टिकट पाएका छन् । पार्टीले खड्कालाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आधा दर्जन आकांक्षीलाई पछि पार्दै उनले अध्यक्षको टिकट पाउन सफल भएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक सुरु गरेका उनी हाल पार्टीको जिल्ला कार्य समितिका सदस्य रहेका छन् ।

सुनापति गाउँपालिकामा विकास निर्माणको कार्यमा समेत भूमिका निर्वाह गर्दै आएको खड्काले आफूले चुनावी जित्ने दावी गरेका छन् । आज सुनापति गाउँपालिकाको केन्द्रमा अध्यक्ष खड्कासहित पाँच वटै वडाबाट कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । सुनापति गाउँपालिका–४ बेथान निवासी खड्का युवा पुस्तामाझ लोकप्रिय नेताको रुपमा पहिचान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्