रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल, सिट बाँडफाँडमा सहमति, कहाँ कसलाई ?



१२ वैशाख, रामेछाप ।
रामेछापमा कांग्रेस बाहेक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालेमल गर्ने सहमति भएको छ । चुनावी तालमेल गर्न काग्रेसले नमानेपछि माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

दुई दलबीच सिट बाँडफाँडमा समेत सहमति भएको छ । आठ वटा स्थानीय तह मध्ये माओवादीले ६ वटा र एकीकृत समाजवादीले दुई वटा स्थनीय तह लिने सहमति भएको माओवादी रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । माओवादीले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिका र एकीकृत समाजवादीले खाँडादेवी र गोकुलगंगा पाएको छ ।
माओवादीले मन्थली नगरपालिकामा नारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकामा नरेशबाबु श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी माओवादीले सुनापति गाउँपालिकामा ठूलो कान्छा तामाङ, दोरम्बा शैलुङ गाउँपालिकामा मैन कुमार मोक्तान, लिखु तामाकोसी गाउँपालिकामा रविन्द्र पौडेल र उमाकुण्ड गाउँपालिकामा अन्नत खड्कालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले खाँडादेवी गाउँपालिकामा प्रेम बहादुर तामाङ र गोकुलगंगा गाउँपालिकामा बलराम खड्लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्