मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता, यी हुन वडाअध्यक्ष बन्नेहरु (नामसहित)



१२ वैशाख, रामेछाप ।
मन्थली नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । आज मन्थलीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेबाट नगरपालिकाको नगर प्रमुखमाको टिकट पाएका लब श्रेष्ठ र नगर उप्रमुखमा टिकट पाएकी र्इश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले सबै वडा र वडा सदस्यमा एकसाथ उम्मेदवारी दर्ता गराएको छ । नगरपालिकाको वडा नम्बरमा दिनेश सुवेदी, वडा नम्बर २ मा सुरेन्द्र बहादुर कार्की, वडा नम्बर ३ मा कृष्णगोपाल थापा, वडा नम्बर ४ मा शुक्रबहादुर श्रेष्ठ, वडा नम्बर ५ मा गणेश कार्की, वडा नम्बर ६ मा शंकरबहादुर थापा, वडा नम्बर ७ मा देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ मा गोपाल श्रेष्ठ, वडा नम्बर ९ मा गोकर्णराज आरण, वडा नम्बर १० मा रामहरि चौहान, वडा नम्बर ११ मा कृष्णबहादुर पुलामी, वडा नम्बर १२ मा खुसहरि बुढाथोकी, वडा नम्बर १३ मा नवराज थापामगर र वडा नम्बर १४ को अध्यक्षमा मोतीलाल तामाङले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्नु अघि एमालेले मन्थली बजारमा बाजागाजासहितको र्याली निकालेको थियो । एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल,जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ, एमाले रामेछाप उपसचिव एवं प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्की,एमाले मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे लगायतको नेताहरुसहित उम्मेदवारी दर्ता गर्न सहभागी भएका थिए ।गत निर्वाचनमा एमालेबाट चुनाव जितेका रमेश बस्नेत हाल नेकपा एकीकृत समाजवादी रामेछापको अध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्