रामेछाप नगरपालिकामा गठबन्धनबाट नगरप्रमुख/उपप्रमुख दुवैमा पुरुष



१२ वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकामा गठबन्धन गरेर नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले नगर प्रमुख र उपप्रमुख दुवै जनामा पुरुषलाई उम्मेदवार बनाएको छ । नगर प्रमुख र उपप्रमुख दुई मध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेपनि माओवादी र एकीकृत समाजवादीले दुवै पदमा पुरुषलाई उम्मेदवार बनाएको हो ।

माओवादीले रामेछाप नगर प्रमुखको उम्मेदवार नरेशबाबु श्रेष्ठलाई बनाएको छ भने एकीकृत समाजवादी पनि ढालविक्रम कार्कीलाई नगर उपप्रमुखको उम्मेदवार बनाएको छ । दुवै पार्टीबाट उम्मेदवार बनाइएका श्रेष्ठ र कार्कीले आज निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्