दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीबाट अध्यक्षका उम्मेदवार मोक्तानले गराए मनोनय दर्ता



१२ वैशाख, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका मैन कुमार मोक्तान र उपाध्यक्षको उम्मेदवार बनेकी देउ कुमारी  थापामगरले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय टोकरपुरमा अध्यक्ष र उपाध्यक्षको लागि  उम्मेदवारी दर्ता गराएका हुन् । माओवादी रामेछापका जिल्ला संयोजक समेत रहेका मोक्तानलाई पार्टीले गाउँपालिकाको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्