दोरम्बा शैलुङ गाउँपालिकामा यी हुन माओवादीबाट वडा अध्यक्षका उम्मेदवारहरु (नामसहित)



१२ वैशाख, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा एक जना वडा अध्यक्ष भएका बाहेक बाँकी छ वटा वडा अध्यक्षमा माओवादी केन्द्रले नयाँ अनुहारलाई पठाएको छ । माओवादीबाट गाउँपालिकाका अध्यक्ष बनेका मैन कुमार मोक्तान, उपाध्यक्ष बनेकी देव कुमारी थापामगरसहित सात वटै वडा अध्यक्षहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दोरम्बा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा भक्त थामी, वडा नम्बर २ को वडा अध्यक्षमा मेचमान योञ्जन, वडा नम्बर ३ को वडा अध्यक्षमा सन्तलाल थापामगर (समाजवादी), वडा नम्बर ४ को वडा अध्यक्षमा रेतु थापामगर, वडा नम्बर ५ को वडा अध्यक्षमा गंगाबहादुर तामाङ, वडा नम्बर ६ को वडा अध्यक्षमा झम्क श्रेष्ठ र वडा नम्बर ७ को वडा अध्यक्षमा प्रविण मोक्तानलाई माओवादीले उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्