मुलकोटमा पुगेर प्रेमबहादुर तामाङ एमालेमै फर्किएपछि नेताहरुबीच खुसीयाली (फोटोफिचर)



१२ वैशाख, रामेछाप ।
दुई दिन अघि एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका खाँडादेवी गाउँपालिकाका अध्यक्ष पुनः एमालेमै फर्किएपछि एमालेका नेताहरुको बीचमा खुसीयाली देखिएको छ । साँझ सिन्धुलीको मुलकोटस्थित क्वालिटी रिसोर्टमा बसेको एमालेका जिल्ला नेताहरुको बैठकमा तामाङ पुनः पार्टीमै रहने निर्णय सुनाएका थिए । उक्त निर्णयसँग नेताहरुबीच अंकलामाल गरेर खुसी साटेका थिए ।

एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुगेल, केन्द्रीय सदस्य माधव ढुगेल, एमाले रामेछापका अध्यक्ष आन्नद श्रेष्ठ, एमाले खाँडादेवी गाउँपालिकाका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले तामाङलाई अंगालो हालेर पार्टीमै आएको खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्